दफा १६
मुद्दाको तहकिकात र दायरी
(१)यस ऐनबमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकिकात निरीक्षकले गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारीसमक्ष मुद्दा दायर गर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा तहकिकात र दायर गर्दा निरीक्षकले सरकारी वकीलको राय लिन सक्नेछ ।